नेपाल पत्रकार महासंघ युकेको वार्षिकोत्सवमा केन्द्रीय महासचिव पुरी युके आउँदै

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको ।
आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रमका सरिक हुन महासचिव पुरी शनिबार साँझ बेलायत आइपुग्दै हुनुहुन्छ ।
शाखाको १२ औँ वार्षिकोत्सवको अवसर पारेर शाखाले सोही दिन एक च्यारिटी डिनरको पनि आयोजना गरेको छ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सीप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका नेपाली समुदायका अभियन्ता, संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई लगायतका कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।
सोही दिन शाखाले हरेक वर्ष प्रदान गर्दै आएको एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।
वार्षिकोत्सवका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोसन पुरी दुवैलाई निमन्त्रणा गरिएको भए पनि अध्यक्ष पोखरेल भने प्राविधिक कारणले केही समयपछि मात्र बेलायत आउनुहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री