सम्पादक खपाङ्गीमगर पुरस्कृत

लण्डन । वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगर एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार अल्डरसटस्थित एम्पायर बाङ्क्वेट हलमा आयोजित एक समारोहमा उहाँलाई बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले पुरस्कार राशी ५०२ पाउण्ड हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पुरस्कार सिफारिस समितिका संयोजक डा बच्चुकैलाश कैनीले पुरस्कार छनौटको प्रक्रिया र मूल्याङ्कन विधिका बारेमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै, शाखाका उपाध्यक्ष प्रमिला लाबुङ राईले पुरस्कृत व्यक्तित्वको प्रोफाइल वाचन गर्नुभएको थियो ।

बेलायतको नेपाली पत्रकारितामा गहन तथा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कार स्थापना गरेको हो ।  

त्यसअवसरमा शाखाका तर्फबाट पुरस्कार सिफारिश समितिका संयोजक डा बच्चुकैलाश कैनी तथा सदस्यहरु नवीन पोखरेल र लक्ष्मी राई लारालाई प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री