डा सन्दुक रुइतलाई बेलायती विश्वविद्यालयको मानार्थ विद्यावारिधि

लण्डन । नेपालका विख्यात नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई बेलायतको एक विश्व विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।

बेलायतको एङ्गिला रस्किन विश्वविद्यालयले मङ्गलबार क्याम्ब्रिजमा आयोजित कार्यक्रममा डा रुइतलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोड्रिक वाटकिन्सले डा रुइतलाई मानार्थ विद्यावारिधि प्रदान गरेका हुन् ।

प्रख्यात नेत्र रोग विशेषज्ञ रुइत हिमालयन क्याटर्याक्ट प्रोजेक्ट र तिलगंगा अस्पतालको संस्थापक हुन् । उनले हालसम्म करिब १ लाख ५० हजार मानिसहरुलाई दृष्टि दिइसकेका छन् ।

उनले सन २०२१ मा तेज कोहलीसित मिलेर तेज कोहली तथा रुइत फाउण्डेसन सेथाना गरेका छन् । जसबाट सन् २०२६ सम्ममा १० लाख मानिसहरूको आँखा परीक्षण गर्ने र ३ लाख मानिसको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।

सो विश्वविद्यालयबाट करिब २ हजार ५०० विद्यार्थी यसवर्ष दीक्षित भएका छन् भने रुइतसँगै अरु दुई जनालाई पनि मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री