बेलायतमा सार्वजनिक सेवाका कामदारको तलव बढ्यो

लण्डन । बेलायतमा सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलव बढ्ने भएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बिहीबार गर्नुभएको घोषणाअनुसार समग्रमा ६ प्रतिशतले तलव भएको छ । स्वतन्त्र तलव पुनरावलोकनकर्ताहरूको सुझावअनुसार बेलायत सरकारले सो निर्णय गरेको हो ।

बेलायती अर्थमन्त्री जेरेमी हन्टले सरकारको सो निर्णय कार्यान्वयन गर्दा थप आन्तरिक ऋण लिइरहनु नपर्ने बताएका छन् ।

बिहीबारको घोषणाअनुसार स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्नेहरूको ६ प्रतिशत, शिक्षकहरूको ६.५ प्रतिशत, प्रहरीको ७ प्रतिशत, सशस्त्र सेवामा काम गर्नेहरूले ५ प्रतिशत (१ हजार पाउण्ड एकमुष्ट पे) र कनिष्ठ चिकित्सकहरूको ६ प्रतिशत ( १ हजार २५० पाउण्ड एकमुष्ट पे) वृद्धि हुनेछ ।

बेलायतमा चर्को मुद्रास्फितिअनुसार तलवमान वृद्धि नभएको कारण देखाउँदै विभिन्न क्षेत्रका कामदारहरू हडतालमा उत्रिएका छन् । उनीहरूले सरकारको नयाँ प्रस्तावलाई सदस्यहरूमाझ निर्णयार्थ लैजाने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री