सगरमाथा गोरखा नेपाली समाज आशफोर्डद्वारा पार्क सरसफाई

लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले पार्क सरसफाई गरेको छ ।
कम्युनिटीले आइतबार आसफोर्डस्थित भिक्टोरिया पार्क पार्क सरसफाई गरेको हो ।
समाजको वार्षिक कार्यक्रमअन्तर्गत पार्क सरसफाई गरिएको हो ।
सरसफाईका लागि कम्युनिटीका करिब ३०० जना सहभागी भएको कार्यक्रम संयोजक नगेन्द्र (नग्स) राईले गर्नुभएको थियो ।
सरसफाईका लागि चाहिने आवश्यकीय सामाग्रीहरु स्थानिय काउन्सिलले उपलब्ध गराएको थियो ।
सरसफाइमा गोर्खा पिस फाउन्डेसन आशफोर्डका उपाध्यक्ष भीम तुम्बाहाम्फेलगायत उनको समूहबाट सबैभन्दा धेरैको संख्यामा उपस्थिति थियो भने पीपल मोर्गेज स्टेट एजेन्ट, सन्डे रनिङग टीम, रोयल ब्रिटिस लाईजन आशफोर्डका प्रमुख शाओउन रिलिएस, आशफोर्ड बरो काउन्सिलका काउन्सिलर पौल बार्लेटलयायत विभिन्न जातिय, सामाजिक संघ संगठनहरुका प्रतिनिधिहरुले कार्यक्रममा भाग लिएका थिए ।
सरसफाई बिहान १० बजेबाट सुरु भई दिउँसो १२ बजे सकिएको थियो ।
कार्यक्रममा कम्युनिटीका अध्यक्ष डम्बर सिंघकले कार्यक्र संयोजक, समितिका महासचिव रामप्रसाद लिम्बु, सम्पूर्ण कार्यसमितिलगायत सबै सहयोगी र उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
चक्र साम्पाङ राईबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री