बेलायतमा मुद्रास्फिति घट्यो

लण्डन । बेलायतमा मुद्रास्फिति प्रक्षेपण गरिएकोभन्दा बढी घटेको छ ।

अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार जुन महिनामा बेलायतको मुद्रास्फिति ७.९ प्रतिशतमा झरेको छ । यसअघि मे महिनामा मुद्रास्फितिको दर ८.७ प्रतिशत रहेको थियो ।

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण मुद्रास्फिति कम भएको अर्थशास्त्रीहरूको भनाइ छ ।

यसअघि अर्थशास्त्रीहरूले भने जुन महिनामा मुद्रास्फिति दर ८.२ रहने अनुमान गरेका थिए ।

जुन महिनाको मुद्रास्फिति विगत १५ महिना यताकै सबैभन्दा कम हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा मुद्रास्फिति दरलाई पनि घटाउने लक्ष्य राखेका छन् । उनले यो वर्षको अन्त्यसम्ममा ५.४ प्रतिशतमा झार्ने बताएका छन् ।

उता खाद्यवस्तुमा मुद्रास्फितिको दर पनि जुन महिनामा केही घटेको छ भने कोर मुद्रास्फिति पनि घटेको छ । मे महिनामा ७ प्रतिशत रहेको कोर मुद्रास्फिति जुनमा ६.९ प्रतिशतमा घटेको छ भने खाद्यवस्तुको मुद्रास्फिति मे महिनामा १८.३ प्रतिशत रहेकोमा जुनमा १७.३ प्रतिशतमा झरेको छ ।

जुलाई महिनादेखि उर्जाको मूल्य घट्ने भएकाले मुद्रास्फिति अरु ओरालो लाग्ने आँकलन गरिएको छ ।

मुद्रास्फिति ओरालो लाग्न थालेपछि अगष्ट महिनामा बेलायतको केन्द्रीय बैँकले बढाउने ब्याजदर पनि न्यून मात्र वृद्धि हुने अपेक्षा गरिएको छ । केन्द्रीय बैँकले लगातार १३ पटक ब्याज बढाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री