एनआरएनए युकेको नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको शनिबार सम्पन्न मतदातबाट अध्यक्षमा निर्वाचित हितकाजी गुरुङको नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ ।

निर्वाचन समितिको आयोजनामा आइतबार ह्यारो लण्डनमा भएको सो कार्यक्रममा अध्यक्ष गुरुङका साथै नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कँडेल, इन्दिरा खनिया (सपना), लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स), मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेललाई प्रमाण पत्र वितरण गरिएको थियो । संगसंगै सचिवद्वय तिलक भट्टराई र सरोज थापा, महिला सचिव प्रतिभा न्यौपाने, कोषाध्यक्ष बिष्णु खरेल, सहकोषाध्यक्ष हेम गुरुङ, युथ कोर्डिनेटर सुदीप शाही, महिला संयोजक रोजिना गुरुङ सदस्यहरु नारायण गिरी, विनिता बस्नेत, मानबहादुर राई, सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा, मोहनलाल ओलीलाई पनि निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको थियो ।
त्यस्तै, अर्दनआयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्ष बल बहादुर थापा, वेल्स राज्यसमितिका अध्यक्ष विभूषण श्रेष्ठ, स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डे र इङल्याण्डका अध्यक्षमा शम्भुप्रसाद अर्याल चयन भएका छन् ।
उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधी सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए ।
साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्र बहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र बिष्णु चालिसे चयन भएका छन् ।
उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का, अध्यक्षका प्रतिस्पर्धी डा नारायण कँडेल, दिनेश घिमिरे, प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गभद्र भुषाल, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, आईसीसी सदस्य राजेन्द्र पुडासैनी, मिडिया संयोजक चिरन शर्मा, युरोप उपसंयोजक दयानिधी सापकोटा, आईसीसी उपमहासचिव रामशरण सिंखडा, उपाध्यक्ष डा हेमराज शर्मा, अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।
उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङले निर्वाचन समिति, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिँदै एनआरएनए युकेलाई अझ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचन समितिका संयोजक चिरन्जीवी ढकालको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा निर्वाचन समितिका सदस्य हरि गुरुङले स्वागत मन्तब्य दिएका थिए भने निर्वाचन समितिका सदस्य विपिन निरौलाले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री