बेलायतमा ब्याजदर १५ वर्षकै उच्च

लण्डन । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङ्ग्ल्याण्डले आधारभूत ब्याजदर फेरि बढाएको छ ।

विहीबार बसेको बैङ्कको मौद्रिक समितिको बैठकले ०.२५ प्रतिशतले ब्याजदर बढाउने निर्णय गरेको हो । यसअघि आधारभूत ब्याजदर ५ प्रतिशत रहेको थियो ।

९ सदस्सीय समितिमा ६ सदस्यले ०.२५ प्रतिशत बढाउने पक्षमा, दुई सदस्यले ०.५ प्रतिशत बढाउनुपर्ने र एक सदस्यले ५ प्रतिशतमै यथावत राख्नुपर्ने मत राखेका थिए ।

यो बैँक अफ इङ्ग्ल्याण्डले ब्याजदर बढाएको लगातार १५ औँ पटक हो । तथापि जुन महिनामा मुद्रास्फिति अपेक्षित दरमा कमी आएकाले बैँकले कम मात्र वृद्धि गरेको हो।

यो १५ वर्ष यताकै सर्वाधिक ब्याज दर हो । यसअघि २००८ को अप्रिलमा यति ब्याजदर थियो ।

बैँकले आजै प्रकाशित गरेको मौद्रिक नीतिमा यो वर्षको अन्तिम चौमासिक सम्ममा बेलायतमा मुद्रास्फिति ५ प्रतिशतभन्दा कम्ती हुने पूर्वानुमान गरिएको छ ।

उता बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले भने एक वर्षभित्रमा मुद्रास्फिति ३ प्रतिशत वरिपरि आउने बताएका छन् ।

खाद्यवस्तुमा रहेको चर्को स्फिति भने यस वर्षको अन्त्यसम्ममा पनि उच्च नै रहने बैङ्कले अनुमान गरेको छ । सो दर अहिले १७ प्रतिशत रहेकोमा वर्षको अन्त्यमा १० प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

ब्याजदर वृद्धिले वचतकर्तालाई फाइदा पुगेको छ भने कर्जा लिनेहरूलाई भने निक्कै असर पुगेको छ ।

कहिले कति बढ्यो ?

Date ChangedRate
03 Aug 235.25
22 Jun 235.00
11 May 234.50
02 Feb 234.00
15 Dec 223.50
03 Nov 223.00
22 Sep 222.25
04 Aug 221.75
16 Jun 221.25
05 May 221.00
17 Mar 220.75
03 Feb 220.50
16 Dec 210.25
19 Mar 200.10

प्रतिक्रिया

सम्बन्धित सामाग्री