गोरखाहरूको संयुक्त आमसभा अगष्ट २० मा

लण्डन । गोरखा भूतपूर्व सैनिक संस्थाहरूको संयुक्त आयोजनामा अगष्ट २० मा बेलायतमा एक सभाको आयोजना गरिएको छ ।

नेपाल र बेलायत सरकारबीच गोरखाहरूको समस्याका बारेमा चलिरहेको वार्ताको बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सो सभा आयोजना गरिएको वार्ता समितिका सदस्यसमेत रहेका गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति धर्मबहादुर तामाङले जानकारी दिनुभयो ।

बेलायतका लागि नेपाली राजदुत (जसले वार्तामा नेपाली पक्षको नेतृत्व गरिररहनुभएको छ) पनि सो सभामा आउनुहुने आयोजकहरूले बताएका छन् ।

यही सेप्टेम्बरसम्ममा नेपाल र बेलायतका परराष्ट्र मन्त्रीस्तरीय वार्ता गरी वार्ता टुङ्ग्याउने भनिएकोमा अझै विभिन्न चरणको वार्ता बाँकी रहेको गोरखाहरूले बताएका छन् । अहिले बेलायतको संसद विदामा रहेकाले अवरूद्ध भएको वार्ताको अर्को मिति करिब तय भइसकेको पनि बुझिएको छ । सभामा वार्ताको मिति र गोरखाहरूको अबको आन्दोलनको रणनीतिका बारेमा पनि जानकारी दिइने बताइएको छ ।

सभाको आयोजकमा विभिन्न १०वटा गोरखा भूतपूर्व सैनिकहरूको संस्था (जी-१०) रहेको छ ।

ग्रेन्ज स्कल फार्नब्रोमा दिउँसो १२ बजेदेखि हुने सो कार्यक्रममा गोरखाहरूलाई आफैँ उपस्थित भई वार्ताका बारेमा जानकारी लिन आयोजकले अपील गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री