जीआरएनसीको टेन के र टु के दौड तयारी बैठक

लण्डन । हरेक वर्ष आयोजना गरिने रस्मूर वेलेस्ले टेन के र टु के दौड अक्टोबर १ तारिखमा हुँदैछ ।

आइतबार बिहान १०:३० शुरु हुने सो दौड ग्रेटर रसमुर नेपाली कम्युनिटीले (जीआरएनसी) ले ब्लाकवाटर भ्याली रनर्स सँगको सहकार्य गरी आयोजना गरेको छ ।

दौडको तयारीका लागि जीआरएनसीको तयारी बैठक शनिबार (९ सेप्टेम्बर २०२३) गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा मन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। 

दौडमा जीआरएनसीले मार्शलको जिम्मेवारी लिएको छ भने संकेत चिन्ह राख्ने बेलामा कम्युनिटीले सहयोग गर्ने छ। 

उक्त कार्यक्रमको  लागि उपाध्यक्ष उत्तर गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव सुशीला थापा, साँस्कृतिक सचिव दिनेश गुरुङ र प्रवक्ता किशोर चन्द रहेको उपसमिति बनाएको छ। 

कम्युनिटीले गत वर्षबाट नेपाली र अंग्रेजी दुवै भाषाको ज्ञान भएका मार्शलहरु मात्र राख्दै आएको छ र मार्शलहरुलाई खानपिनको विसेष ब्यवस्था पनि गरिने छ ।

उक्त दौडमा प्रथम हुने नेपालीलाई पुरस्कार र एभरेस्ट रनमा भाग लिनको लागि पनि सहयोग गरिने छ। 

यसपालीको दौडमा ५०० जनालाई मात्र समावेस गरिने भएको छ । 

बैठक सचिव सुशीला थापा मगरले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

उपस्थित सबैलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिनुभएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री