बेलायती राजा चार्ल्स तृतीय फ्रान्स भ्रमणमा

(Yoan Valat, Pool via AP)

पेरिस । बेलायतका राजा चार्ल्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गर्नुभएको छ ।
यूरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।
चार्ल्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चार्ल्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो ।
तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।
सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिणपश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।
प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चार्ल्स र उहाँकी पत्नी (रानी) क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री