बेलायतमा मनाइयो संविधान दिवस

लण्डन । संविधान दिवसका अवसरमा नेपाली राजदुताबास लण्डनमा एक समारोहको आयोजना गरिएको छ ।
कार्यक्रममा स्वागत गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्वपूर्ण पक्ष र नेपालको विदेश नीतिका बारेमा प्रकाश पारेका थिए । नेपाल सरकारको हालको जोड अर्थतन्त्रको पुनसंरचना गर्दै जनताको जीवनस्तर उकास्नमा रहेको उनले बताए । नेपालले शान्ति सेनामार्फत क्षेत्रीय सहयोग र विश्वमा शान्ति स्थापना गर्न खेलेको योगदानको उनले चर्चा गरे ।
नेपाल र बेलायत बीच ऐतिहासिक द्विपक्षीय सम्बन्ध रहेको र गोरखाहरु सो सम्बन्धको आधार रहेको पनि उनले बताए । अहिले दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको र राजनीतिक, आर्थिक, व्यापारिक, लगानी, शैक्षिक र जनस्तरको सम्बन्धका तहमा फैलिएको पनि उनको भनाइ थियो ।
बेलायत सरकारकी विदेश, कमनवेल्थ तथा विकास मन्त्री तथा कार्यक्रमकी प्रमुख अतिथि आन मारी ट्रेभलिनले नेपालको संविधान दिवसको अवसरमा शुभकामना दिइन् । नेपाल र बेलायतबीचको गहिरो र न्यानो सम्बन्धको प्रसंशा गर्दै यसलाई अरु धेरै क्षेत्रहरु व्यापार, लगानी र जलवायु परिवर्तन विरुद्धको अभियान लगायतमा सहकार्यमा विस्तार गर्न सकिने उनले बताइन् ।
कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलायती सांसदहरु, नेपालका हितैषी बेलायतीहरु, राजदुतहरु, उच्चायुक्तहरु, नेताहरु र बेलायतस्थित नेपाली समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री