नेहरू सेन्टर लण्डनमा प्रा सुवेदीको प्रवचन

प्राध्यापक सुवेदी

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीद्वारा लिखित “पूर्वीय सभ्यतामा मानव अधिकार” नामक ग्रन्थबारे लन्डनमा प्राज्ञिक विमर्श हुने भएको छ ।
लन्डनस्थित भारतीय उच्चायोगको द नेहरु सेन्टरद्वारा यही २६ अक्टोबर बेलुका आयोजित कार्यक्रममा उक्त पुस्तकबारे छलफल गरिने छ ।
सोही अवसरमा प्राध्यापक सुवेदीले आफ्नो ग्रन्थबारे प्रवचन दिनेछन् भने अन्य दुई वक्ताले पुस्तक समीक्षा गर्ने कार्यक्रम तय भएको छ ।
प्राध्यापक सुवेदीद्वारा लिखित पुस्तक ‘ह्युमन राइट्स इन इस्टर्न सिभिलाइजेसन्स’ (एडवर्ड एल्गर, इङ्गल्याण्ड, २०२१) ले पूर्वी सभ्यताहरूको मूल्य र संयुक्त राष्ट्र मानव अधिकार एजेन्डाको विकासमा तिनको योगदान उजागर गरेको छ ।
पूर्वी र पश्चिमी सभ्यताबीचको मूल्यमान्यताले कसरी मानव अधिकारको विश्वव्यापी अवधारणालाई समृद्ध बनाएको छ भन्ने बारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
उक्त प्रवचन कार्यक्रममा सहभागी हुन यो लिंकमा गएर आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ:
https://www.nehrucentre.org.uk/events/book-launch-discussion/

प्रतिक्रिया

सम्बन्धित सामाग्री