प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेट

लण्डन । बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र सेनाध्यक्ष स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।
भेटका क्रममा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो ।
सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेशागत क्षमताको अभिवृद्धि,विकास तथा विस्तारमा सदैव सहयोग रहने बताउनु भयो । छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल,सैनिक सहचारीहरु सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी हुनुहुन्थ्यो ।
यसैगरी,प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गर्नु भयो । सो क्रममा कलेजका कमानडेन्ट लेफ्टिनेन्ट जनरल(अवकाश)सर जर्ज नर्टनले स्वागत गर्नु हुँदै कलेजको शैक्षिक अध्यापन र बहुआयामिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
प्रधान सेनापति शर्माको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासमा एक कार्यक्रम गरिएको थियो । सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको द्धिपक्षीय आर्थिक,सामाजिक र सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । नेपाली सेनाबाट विश्व शान्ति स्थापना,दैवी प्रकोप व्यवस्थापन,विकास निर्माण लगायतका क्षेत्रमा स्वदेश र विदेशमा पुर्याएको योगदानका बारेमा पनि उहाँले चर्चा गर्नु भयो ।
सो क्रममा प्रधान सेनापति शर्माले नेपाली राजदूतावासमा सैनिक सहचारीको रुपमा कार्यरत महासेनानी रत्न बहादुर गोदारलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्हसमेत प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री