गीतकार बुद्धवीर लामा गीतिमय साँझ बेलायतमा सम्पन्न

लण्डन । वरिष्ठ गीतकार बुद्धवीर लामाको एकल साँगीतिक साँझ बेलायतमा सम्पन्न भएको छ ।
शनिबार बेलायतको अल्डरसटमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका नेपालीहरूको बृहत उपस्थिति थियो ।
लामाको १२ औँ गीतिमय साझ ईलाम समाज बेलायतले आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ सस्थाबाट पाल्नुभएका विशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गीति लेखनको माध्यमबाट र संगीतको माध्यमबाट विश्वलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने वरिष्ठ गीतकार बुद्धबीर लामालाई साङ्गीतिक अभिनन्दन, वरिष्ट संगीतकार दिनेश सुब्बा र वरिष्ट संगीतकार गणेश गुरुङलाई संगीत सम्मान समाजका अध्यक्षको बाहुलीबाट प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्नु हुदै समाजका अध्यक्ष टेकवीर राईले उपस्थित सम्पूर्ण पाहुनागणहरूलाई स्वागत गर्दै गीति रचनाका एक धुरन्धर ब्यक्तित्व बहुप्रतिभाशाली, छिन्नलता पुरस्कार, गोर्खा दक्षिण बाहू, महेन्द्र बिद्याभूषण साथै सयौँ पुरस्कार र पदकबाट सम्मानितत वरिष्ट गीतकार बुद्धबीर लामाको बाह्रौँ गीतिमय साझ ईलाम समाज बेलायतको आयोजनामा गर्न पाउँदा अत्यन्तै सौभाग्यमानी ठान्दै खुशी ब्यक्त गरे।
त्यसरी नै कार्यक्रमको महानायक वरिष्ट गीतकार बुद्धवीर लामाले नेपाल अनि अमेरिका हुँदै बेलायतमा पनि यति धेरै दर्शकहरूको उपस्थिति माझ १२औँ एकल गीतिमय साझ ईलाम समाज बेलायतले आयोजना गरी साङ्गीतिक अभिनन्दन गरेकोमा खुशी ब्यक्त गर्दै आफूले रचना गरेको कालजाई गीतहरू’अन्तुको डाँडापाखा घाम लाग्यो घमाईलो’, ‘मायाले मूलबाटो भूलेछ’, ‘बादलुको घुम्टोले ईलाम बजार छोपिँदा’, ‘यहाँ यस्तै छ’, ‘खुट्टा तान्दै गर’, ‘पूर्णिमाको जुन तिमी’, ‘धोका दियो तिमीले’, ‘ठेकीमा दही छ’, ‘लाहुरे मायालु’ जस्ता सयौँ गीतहरूको चर्चा गर्दै समाज अनि दर्शकहरूप्रति धन्यबाद ज्ञापन गर्दै खुशी ब्यक्त गरे।
औपचारिक कार्यक्रमकै क्रममा प्रमुख अथिति एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बुद्धवीर लामाको १२ औं गीतिमय साँझमा प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्नुभएकोमा हृदयदेखि कृतज्ञता व्यक्त गर्नुभयो । यस सम्मानित कार्यक्रममा सहभागी हुन पाउनु आफ्ना लागि सम्मान र सौभाग्यको कुरा भएको र कार्यक्रममा उपस्थित भएर बहुमुखी प्रतिभाका धनी लामालाई भेट्दा उहाँको प्रतिभा, उपलब्धि र समर्पण साँच्चै प्रेरणादायी पाएको बताए । उनले उत्कृष्ट परोपकारी कार्यक्रम आयोजना गरेको भन्दै इलाम समाज बेलायतका अध्यक्ष टेकवीर राई, सम्पूर्ण टिम र उपस्थितहरुलाई धन्यवाद व्यक्त गरे ।
पहिलो चरणको कार्यक्रमको समापन गर्दै समाजका महासचिव यम गुरुङले संगीतमय बनाउनको लागि माईक्रोफोन कार्यक्रम उद्घोषक रोजिना राईलाई हस्तान्तरण गर्दै सांगगीतिक माहोल शुरू भएको थियो।
बेलुकाको ६ बजेबाट शुरू भएको कार्यक्रम ‘बादलुको घुम्टोले ईलाम बजार छोपिँदा’, ‘अन्तुको डाँडा पाखा घाम लाग्यो घमाईलो’ भन्दै सम्मानित स्रष्टाको समधुर स्वरबाट गुन्जायमान गराउँदै मनोरन्जनात्मक कार्यक्रम शुरू भएको थियो। अर्का सम्मानित स्रष्टाको तर्फबाट ‘चलेछ बतास सुस्तरी’ र ‘धेरैचोटी आँखा जुध्यो’ बोलको गीतले दर्शक झुमाएको थियो। त्यसरी नै गायक संगीतकार बिसी राई ‘पूर्निमाको जुन तिमी’, गायक संगीतकार चोक गुरुङ ‘मायाले मूलबाटो भुलेछ’, ‘यहाँ यस्तै छु’, गायक दिपेन गुरुङ ‘ठेकीमा दही’, ‘भुपु मायालु’, गायिका सुनिता थेबे ‘कति माया लाग्छ’, ‘धोका दियो तिमीले’, गायिका लीला राई ‘लाली गुराँस’, ‘ईन्टरनेटैमा’, गायिका सुस्मा राई ‘चोली राम्रो’, ‘खोटाड हलेसी’, मेनुका राई ‘आईडी काडैले’, ‘यो मन भन्छ कहाँ जाउँ’, दिलिप तामाङ ‘धरान सुनसरी’ र ‘छोरोल्पा ताल’ बोलको गीतहरूले दर्शकहरूलाई मनोरन्जन दिलाएका थिए।

अन्त्यमा सबै कलाकारहरूलाई समाजका अध्यक्ष टेक बीर राईले सम्मानसहित मायाको चिनो हस्तान्तरण गर्दै ११ बजेर ३० मिनेटमा समापन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री