नेपालमा भुकम्पले पुर्याएको क्षतिबाट बेलायती राजा दु:खी

लण्डन । नेपालमा गत शुक्रबार आएको भुकम्पले पश्चिम नेपालमा जनधनको क्षति पुर्याएकोमा बेलायतका राजा चार्ल्स तृतीयले दु:ख व्यक्त गर्नुभएको छ ।

नेपालका राष्ट्रपतिलाई एक सन्देश पठाउँदै राजा चार्ल्सले यस्तो कठिन परिस्थितिमा नेपालका राष्ट्रपति र नेपाली जनताहरूप्रति आफ्नो भावना र प्रार्थना रहेको बताउनुभएको छ । भुकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धान्जलि व्यक्त गर्दै राजा चार्ल्सले उनीहरूका परिवारजन र प्रभावित समुदायमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यस कठिन स्थितिमा नेपाल सरकारको आवश्यकताप्रति सहयोग गर्न बेलायत सरकार तत्पर रहेको पनि सन्देशमा बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री