१७ हजार सहकर्मीलाई जित्दै पूर्व गोरखा लिम्बू बने उत्कृष्ट कर्मचारी

लण्डन । बेलायतको प्रिजन सर्भिसमा कार्यरत करिब १७ हजार सहकर्मीहरुलाई पछि पार्दै पूर्व गोरखा सैनिक शेरु लिम्बूले वर्षको उत्कृष्ट कर्मचारी (इम्प्लोयी अफ द इयर) अवार्ड पाएका छन् ।
हरेक वर्ष प्रदान गरिने सो अवार्डका साथमा लिम्बूले १ हजार १ सय पाउण्ड नगद पनि पाएका छन् ।
सन् १९८१ मा बेलायती सेनामा भर्ती भएका १० गोरखा राइफल्स २११६४८४३ आर्मी नम्बरका लिम्बूले सन् २००२ मा अनेरी लेफ्टीनेण्ट पदबाट अवकाश पाएका थिए ।
बेलायत आएपछि दोस्रो नोकरीका रुपमा उनले हिज म्याजेष्टी प्रिजन सर्भिस रोचेष्टर केन्टमा सन् २००७ मा अहिलेको करियर शुरु गरेका थिए । जहाँ उनले १८ वर्ष बिताइसकेका छन् ।
यसअघि पनि धेरै पटक इम्प्लोयी अफ द मन्थ लगायतका सानातिना अवार्ड जितेका लिम्बू अबको दुई वर्षमा जागिरबाट अवकाश लिने योजनामा छन् ।
उनले आफ्नो सफलताको श्रेय श्रीमती बाला नायोंग लिम्बुको सरल र राम्रो सहयोगलाई दिएका छन् ।
आशफोर्ड केन्टमा बसोबास गर्दै आएका लिम्बू सगरमाथा गोर्खा/नेपाली समाज आशफोर्ड केन्टको सल्लाहकार एवम खेलकुद निर्देशक पनि हुन् ।
चक्रबहादुर राईबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री