रसमोरमा सबै नेपाली उम्मेदवार पराजित

बायाँबाट बेल्बासे, गुरुङ र थापा

लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको रसमोर काउन्सिलको विहीबार भएको निर्वाचनमा उम्मेदवार रहेका सबै नेपाली उम्मेदवारहरु पराजित भएका छन् ।
१४ जना काउन्सिलरका लागि भएको निर्वाचनमा विगतमा काउन्सिलर रहेका जीव बेल्बासे र नेम थापा पराजित भएका छन् भने यस वर्ष काउन्सिलरको टिकट पाएका डा विशाल गुरुङ पनि पराजित भएका छन् । उनीहरु सबै कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका थिए ।
थापा उम्मेदवार रहेको चेरीवुड वडामा लेबरका उम्मेदवार विल ओडोनोभानले जितेका छन् । उनले ९४९ मत पाए भने थापाले ४९८ मत । यस्तै बेल्बासे उम्मेदवार रहेको मानोर पार्क वडामा पनि लेबरले जितेको छ । लेबर उम्मेदवारले १ हजार ३४ मत पाउँदा बेल्बासेले ९२७ मत पाए । उता डा गुरुङ उम्मेदवार रहेको वेलिङटन वार्डमा भने गोरखाहरुलाई माया गर्ने लेबर पार्टीका आलेक्स क्राफोर्डले जितेका छन् । उनले ७४४ मत पाए भने गुरुङले ५०३ मत ।
निर्वाचनमा ९ स्थान लेबरले, ३ स्थान कञ्जरभेटिभले र १ स्थान लिबडेमले जितेको छ । परिणामसँगै लामो समयदेखि कञ्जरभेटिभको बहुमत रहेको रसमोर काउन्सिल लेबरको बहुमतमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री