तनहुँ समाज युकेको वार्षिक समर भेला सम्पन्न

तस्वीर मिलन तमु

लण्डन । तनहुँ समाज युकेको वार्षिक समर भेला सम्पन्न भएको छ ।

सामुयल कोडी स्पोर्टस कलेज फार्नब्रोमा शनिबार भएको भेला समाजका अध्यक्ष केशरबहादुर रानाको अध्यक्षता र नेपाली दुताबास लण्डनका द्वीतीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यतामा भएको थियो ।

महासचिव बोधविक्रम थापाले सन्चालन गरेको कार्यक्रममा कार्यक्रममा संयोजक तथा उपाध्यक्ष सान्त गुरुङले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल र समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापामगरले मन्तब्य दिएका थिए ।

कार्यक्रममा आजिवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने शैक्षिक तथा करियरमा सफलता र प्रोमोसन पाउनुहुने महानुभावहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाबाट अतिथि निम्त्याइएको थियो र ती अतिथिहरूमध्ये तमु प्हेलु युकेका अध्यक्ष डेमबहादुर गुरुङले शुभकामना दिनुभएको थियो । यस्तै, मिछुर्लुङमा आयोजित प्रत्यक्ष कौरा प्रतिष्पर्धामा सहयोग गर्नेहरूलाई कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।

साँस्कृतिक कार्यक्रमको सन्चालन मनसुधन थापा र यम थापाले गरेका थिए भने  मोहनसिंह थापा, कुमार राना, याङ्का आले लगायतको टोलीले तनहुँमा प्रचलित खैँजडी बजाउँदै प्रत्यक्ष कौरा गाउने र नाच्ने गरेका थिए ।

नेपालबाट आएका कलाकारहरू सम्झना लामिछाने, राजु ढकाल, अस्मिता राना र सविता परियारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने बेलायतमै रहेका तनहुँका कलाकारहरू पवन राना र मनसुधन थापाले गीत गाएका थिए । समाजका सदस्यहरूका छोरीहरु रोनिसा आले, अर्चना गौतम, समर्धा र छेनामले पनि नृत्य देखाएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री