बेलायतमा “गाउँ आएको बाटो” को प्रीमियर हुँदै

लण्डन । गोर्खा वरियर्स इभेन्टले जुन २९ र ३० मा बेलायतमा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को प्रीमियर गर्ने भएको छ ।
२९ जुनमा सिने वर्ल्ड अल्डरसटमा हुने प्रीमियरमा चलिचत्रका अभिनेता दयाहाङ्ग राई पनि उपस्थित हुनेछन् ।
यस्तै जुन ३० को सो आसफोर्ड पिक्चर हाउसमा हुनेछ ।
बाँसुरी फिल्मको ब्यानरमा नविन सुब्बाद्वारा निर्देशित सो चलचित्रले नेपालको पूर्वी किरात बस्तीको राई समुदायको कथावस्तु बोकेको छ । यस चलचित्रको मुख्य भूमिकाको पात्रमा दयाहाङ् राई, पशुपति राई र बालकलाकार प्रशन राई रहेका छन् ।
निर्देशक सुब्बाले आफ्नो करियर थिएटर आर्टिस्टबाट सुरु गरेका हुन् । सन १९८८ मा रोयल नेपाल एकेडमीबाट सर्वोत्कृष्ट अभिनयको सम्मान पाएका छन् । उन्ले ‘नुमाफुङ्’, ‘गूड्बाई काठमाण्डू’ लगायत चलचित्र निर्देशन गरिसकेका छन् । नुमाफुङ् लिम्बु समुदायको कथावस्तु समेटिएको थियो र जस्ले दर्शकहरुको अपार माया पाएको थियो । यसपटक उनले राई समुदायको कथावस्तु प्रस्तुत गरेका छन् ।
सन् २०१५ मा बेलायतमा दर्ता भएको गोर्खा वारियर्सले विभिन्न ठूला ठूला साङ्गीतिक साँझ, अभिनेता र अभिनेत्रीहरुको साथमा चलचित्र प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री