बेलायती प्रधानमन्त्री ऋषि सुनकले दिए राजिनामा

लण्डन । विहीबार बेलायतमा भएको आम निर्वाचनमा आफ्नो पार्टीले नराम्रो पराजय भोगेपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकले राजिनामा दिएका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय बाहिर उनले छोटो सम्बोधन गर्दै प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेता दुवैबाट राजिनामा दिएको बताए । तर पार्टीको नयाँ नेता छनौट नभएसम्म पदमा रहिरहने पनि उनले बताए ।

सम्बोधनका क्रममा उनले बेलायती जनताको आक्रोश र निराशा सुनेको र निर्वाचनमा भएको हारको जिम्मेवारी लिने बताए । उनले जनताप्रति माफी पनि मागे भने निर्वाचनको अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । उनले २० महिनाअघि आफू प्रधानमन्त्री हुँदाभन्दा राम्रो अवस्थामा बेलायत रहेको पनि दाबी गरे ।

प्रतिपक्षी लेबर पार्टीका नेतालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई पनि दिए । तत्पश्चात सुनक श्रीमती अक्षता मूर्तिका साथ बेलायती राजालाई भेट्न बकिङघम पालेस पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री