नेपाली साहित्य विकास परिषद् युकेको निर्वाचन घोषणा 

फाइल तस्बीर नेपालीसमाजयुके डट कम

लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेको नयाँ कार्यसमितिको निर्वाचन जुलाई २१ मा लण्डनमा हुने भएको छ ।

परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले २१ जुलाई २०२४ आइतबारका दिन दिउँसो १२.०० बजे  एबीआई कलेज,एक्टन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचित गर्ने छ ।

निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकारहरू विजय थापा र कृष्ण भट्ट रहनुभएको छ ।
परिषद् सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्यप्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उन्मेद्वारी मनोनयन आह्वान गरेको छ । निर्वाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजेभित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्टसमक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

सन् १९९५ मा स्थापना भएको बेलायतस्थित नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् युकेको नियमित निर्वाचन हरेक दुई/दुई वर्षमा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री