बेलायतको निर्वाचनमा कुन पार्टीले कति सीट ल्याए ?

लण्डन । धेरैले बेलायतको निर्वाचन परिणाम छिटो प्रकाशित भएको प्रतिक्रिया दिए पनि पूर्ण परिणाम भने शनिबार मात्र प्रकाशन भएको छ ।

स्कटल्याण्डको एक सीट र इङल्याण्डको एक सीटमा पुन मतगणनाका कारण परिणाम प्रकाशन हुन धेरै समय लागेको हो ।

परिणामअनुसार लेबर पार्टी ४१२ सीट प्राप्त गरेर सबैभन्दा ठूलो दल बनेको छ भने १२१ सीट प्राप्त गरेर कन्जरभेटिभ पार्टी प्रमुख प्रतिपक्ष बनेको छ । लिबरल डेमोक्रयाटिक पार्टी ७२ सीटका साथ तेस्रो ठूलो दल बनेको छ भने कुनै समय स्कटल्याण्डमा रजगज गरेको स्कटिश न्याशनालिष्ट पार्टीले भने ९ सीटमा चित्त बुझाउनु परेको छ । उत्तरी आयरल्याण्डकी सीन फेनले ७ सीट जितेको छ भने ६ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । नाइजल फराजको रिफर्म पार्टी र उत्तरी आयरल्याण्डको डेमोक्रयाटिक युनियनिष्ट पार्टीले ५/५ सीट जितेका छन् ग्रीन पार्टी र प्लेड कम्रीले ४/४ सीट, सोसल डेमोक्रयाटिक एण्ड लेबर पार्टीले २, अलाइन्स पार्टी, ट्राडिसनल युनियनिष्ट भ्वाइनस र अल्टर युनियनिष्ट पार्टीले १/१ सीट जितेका छन् ।

देशभरमा २ लाखभन्दा बढी मत पाएको वर्कर्स पार्टीले कुनै सीट जित्न सकेन । निर्वाचनमा सबैभन्दा बढी मत लेबर पार्टीले ९७ लाख मत ल्यायो भने कन्जरभेटिभले ६८ लाख मत पायो । ७२ सीट जितेको लिबरल डेमोक्रयाटिक पार्टीले ३५ लाख मत पाएको छ भने ५ सीट जितेको रिफर्म पार्टीले ४१ लाख मत । सबैभन्दा कम क्लाइमेट पार्टीले १ हजार ९६७ मत पायो । कम्युनिष्ट पार्टी अफ ब्रिटेनले २ हजार ६२२ मत ल्याउन सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री