पत्रकार महासंघ युकेको अध्यक्षमा तीन जनाको दाबी

लण्डन । नेपाल पत्रकार महासंघ युकेको छैटौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

शनिबार सम्पन्न उम्मेदवारी मनोनयनपश्चात जारी सूचनाअनुसार अध्यक्षमा श्यामकुमार लुइँटेल, विमला सेने र दिनेशकुमार परियारको उम्मेदवारी परेको छ । लुइँटेल शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष, सेने पूर्व उपाध्यक्ष र परियार वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

अध्यक्षबाहेकका बाँकी पदहरूमा भने पदसंख्याअनुरुप नै उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, खुला उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार (एसके)गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इङनामले उम्मेदवारी दिएका छन् ।

छ सदस्य पदका लागि वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलन तमु गुरुङले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन जुलाई १० दिउँसो १२ बजेसम्मको समय दिइएको छ । शाखाको अधिवेसन जुलाई १४ मा हुँदैछ ।

शाखाले नयाँ समिति चयनका लागि पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरको संयोजकत्वमा सल्लाहकारहरू पूर्ण गुरुङ र प्रजय शुक्ल रहेको निर्वाचन समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री