अमेरिकामा गोली प्रहार: एकको मृत्यु, पूर्वराष्ट्रपति ट्रम्प घाइते

तस्वीर एपी

लन्डन । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री