युरो फाइनलमा इंग्ल्यान्डको लगातार दोस्रो हार, स्पेन बन्यो च्याम्पियन

स्पेन युरो २०२४ मा च्याम्पियन, इंग्ल्यान्ड उपविजेता
लन्डन १५ जुलाई २०२४ । स्पेन आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले उपाधि हात पारेको हो ।

स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे । खेलको ४७ औं मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएको थियो ।

सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो । यससँगै इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन। स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री