विदेशमा बसोबास गर्ने नेपालीका विषयमा रिभ्यू र रिथिंक गर्नुपर्नेछ : परराष्ट्रमन्त्री राणा


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीका लागि रिभ्यू र रिथिंक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।‘हामो नागरिक अरुको देशमा बसिरहेका छन्, कतिले नागरिकता लिए, कतिले व्यापार गरेर बसेका छन्, कोही पढ्दैछन्,’उहाँले भन्नुभयो,‘उनीहरूका लागि हामीले के गर्न सक्छौं, हामीले रिभ्यू र रिथिंक गर्नुपर्नेछ ।’

विगतमा आफूले क्यानेडियन दूतावासमा काम गर्दा उहाँहरूले आफ्ना नागरिकको संरक्षणका लागि के गर्छन् भन्ने थाहा पाएको परराष्ट्रमन्त्री राणाले बताउनुभयो । अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उहाँले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताउनुभयो । त्यसमा राज्यको स्तरबाट पहल गर्ने उहाँको भनाइ छ

सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री