हरि र शान्ता रानीको आवाजमा ‘युकेको सारी’ तीज गीत सार्वजनिक

लन्डन । हिन्दु नारीहरुको तीजलाई लक्षित गरी गायक हरि पाण्डे र शान्ता रानी परियारको आवाजमा ‘युकेको सारी’ तीज गीत सार्वजनिक भएको छ ।

हरि पाण्डे युट्युब च्यानलबाट १६ जुलाई २०२४ मा ‘युकेको सारी’ म्युजिक भिडियो सार्वजनिक भएको हो । गायिका शान्ता रानी परियारले हरि पाण्डे र आफ्नो स्वरमा रहेको तीज गीत युकेको सारीलाई माया गरिदिन आग्रह गर्नुभएको छ ।

जबिट परियारले लेख्नुभएको उक्त गीतमा संगीत हरि पाण्डेले भर्नुभएको छ । खेमराज गौतमको एरेन्ज, खडक पराजुलीको मिक्सिङ/मास्टरिङ तथा किरन लामिछानेको निर्देशन रहेको छ ।

अभिनयमा सुधा थापा र निरज मगर रहेका छन् भने सम्पादन राजकुमार मगरले गर्नुभएको छ । कोरियोग्राफर अर्जुन मगरको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री