बिजीएनसी डार्टफोर्ड युकेले भव्य रुपमा मनायो समर बीबीक्यू

लन्डन । ब्रिटिस गोर्खा नेपाली कम्युनिटी (बिजीएनसी) डार्टफोर्ड युकेले समर बीबीक्यू भव्य रुपमा मनाएको छ ।

शनिबार १३ जुलाई २०२४ मा डार्टफोर्डस्थित ग्लेन्टवर्थ एक्स-सर्भिस सोसल क्लबको खुला मैदानमा बिजीएनसी डार्टफोर्ड युकेको समर बीबीक्यू भव्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डार्टफोर्ड काउन्सिलर पीटर व्हापशट र उहाँको धर्मपत्नी हुनुहुथ्यो भने विशेष आतिथ्यमा समाजका मानार्थ सदस्य माइकल ताङ हुनुहुन्थ्यो ।

कार्यक्रममा विभिन्न परिकार कार्यसमितिका सदस्य दिदीबहिनीहरुले आ-आफ्नो घरबाट बनाएर ल्याउनुभएको जिआर मास्कीले जानकारी दिनुभयो । ती परिकारहरु प्रमुख अतिथि दम्पतीले समेत खानुभएको थियो ।

उहाँहरुले दिनुभएको स्वादको टेस्टिङ नतिजाको आधारमा पहिलो र दोस्रो हुनेलाई समाजको तर्फबाट पुरस्कारस्वरुप प्रमाणपत्र, मेडल वितरण गरिएको थियो ।

उहाँले संस्थाका लागि दिदीबहिनीहरुले गर्नुभएको मिहिनेत, परिश्रम र सहयोगको निम्ति संस्था सदैव आभारी रहने बताउनुभयो ।

कार्यक्रममा स-साना नानीबाबुहरुदेखि पाका आमाबुबाहरुको निम्ति विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको थियो । राफल ड्र सहित विभिन्न मनोरञ्जनात्मक खेलमा सहभागी प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने सबै विजेताहरुलाई समाजको तर्फबाट पुरस्कार (मेडल), प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही कार्यक्रममा निर्वाचन समितिको प्रमुख गणेश रानाले समाजको पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी साथै सदस्यहरुको नामावली क्रमश: प्रस्तुत गर्नुभएको थियो भने निर्वाचन समिति सदस्य कुल घलेले शपथग्रहण गराउनुभएको थियो ।

निर्वाचन समिति सदस्यसचिव नरेश खपाङीले बधाई एवं शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै निर्वाचन समितिको प्रमुखलगायत आयुक्तहरु क्रमश: प्रमुख सल्लाहकार गणेश राना, संस्थापक अध्यक्ष कुल घले, सल्लाहकार नरेश खपाङी, सल्लाहकार एक गुरुङ, सल्लाहकार राम गुरुङ, सल्लाहकार नैनसिं गुरुङ हुनुहुन्थ्यो ।

नवनिर्वाचित पाँचौ कार्यसमिति अध्यक्ष छविलाल गुरुङलाई निवर्तमान अध्यक्ष हेमा गुरुङ रानाले कार्यकाल सफलताको बधाई एवं शुभकामना दिनुहुँदै समाजका अध्यक्ष पदको ब्याच हस्तान्तरण गर्नुभएको थियो ।

निवर्तमान महासचिव दिब्या गुरुङले नवनिर्वाचित महासचिव सिमा गुरुङलाई सांगठनिक बैठकको निर्णय पुस्तिका (माइन्यूट) र निवर्तमान कोषाध्यक्ष हिमकला थापाले नवनिर्वाचित कोषाध्यक्ष कमला रानालाई आर्थिक कोषको कागजपत्रलगायत विभिन्न दस्तावेजहरु हस्तान्तरण गर्नुभयो ।

अन्त्यमा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहभागी भई सहयोग गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य, प्रमुख सल्लाहकार, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, भूपू अध्यक्ष, सल्लाहकारहरु, आजीवन सदस्यहरु, नयाँ आगन्तुक पाहुनाहरु एवं कामविशेषले उपस्थित हुन असमर्थ रहे तापनि सहयोग पुर्‍याइरहेका समाजका शुभचिन्तक तथा सहयोगीहरुलाई बिजीएनसी कम्युनिटीको तर्फबाट आभार व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री