बेलायतमा आउँदो अगस्ट ३ मा पहिलो एनआरएनए कप, ४० भन्दा बढी टिम खेलाइने

लन्डनको फेल्थाममा पहिलो पटक फुटबल प्रतियोगिता तथा एनआरएनए महोत्सव गर्न लागिएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।

उनले बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’को उद्देश्यसहित एनआरएनए युवा विभागले ९ ए साइड एनआरएनए कप गर्न लागेको उहाँले बताउनुभयो ।

एक हप्ताका लागि टिम दर्ताको समय दिएकोमा ५२/५३ टिम आएका थिए । ४२ टिमलाई मात्र खेलाइने पक्का भएको अध्यक्ष गाहामगरले बताउनुभयो ।

एनआरएनए युवा विभागका संयोजक विशाल राई, महासचिव निकेश लिम्बु र कोषाध्यक्ष असल लिम्बुले प्रतियोगिताको मूख्य भूमिका खेलिरहनुभएको छ ।

यो खेल कुनै प्रतिस्पर्धाका लागि नभई आउँदो पुस्ताले निरन्तरता दिओस्, युवा र अग्रजबीचको खाडल पूर्ति गर्ने र युवालाई प्रेरित गर्न प्रतियोगिता गर्न लागेको अध्यक्ष गाहामगर प्रस्ट पार्नुभयो ।

प्रतियोगिता बिहान साढे ८ बजेदेखि सुरु हुने छ । कार्यक्रममा सांस्कृतिक झाँकी र सांगीतिक कार्यक्रम पनि समेटिनेछ ।

यस्तै नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्द्धनका लागि नेपाल महोत्सव पनि गरिने भएको छ । कार्यक्रम खर्चिलो तर उद्देश्यमूलक प्रतियोगितामा भएको हुनाले बेलायतमा रहेका संघसंस्थालाई सहयोगका लागि एनआरएनए यूकेले अनुरोधसमेत गरेको छ ।

अध्यक्ष गाहामगरले भन्नुभयो, ‘नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र रहनसहन दोस्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता रहेको छ । त्यसैले सहयोग र समर्थनका लागि अनुरोध छ ।’

कार्यक्रमका लागि प्रायोजन गर्नेहरुलाई मायाको चिनो, प्रतियोगिता विजयीलाई पुरस्कार वितरणलगायत कार्यक्रम रहनेछ ।

एनआरएनए कप र महोत्सवका विषयमा विस्तुत जानकारीका लागि यही जुलाई २८ मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने अध्यक्ष गाहामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री