गोरखाली समाज युकेको शनिबार वार्षिक भेटघाट कार्यक्रम

विभिन्न सांस्कृतिक कार्यक्रमसहित फानबोरोस्थित सामुयल कोडी स्कुलमा स्थानीय समयअनुसार मध्याह्न १२ देखि राति ११ बजेसम्म कार्यक्रम हुने संस्थाका अध्यक्ष हेमकुमार गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा प्रस्तुति दिन नेपालबाट लोक तथा दोहोरीका चर्चित गायक रविन लामिछाने र गायिका रेजिना परियार बेलायत आइपुग्नु भएको छ ।

गोरखाली समाज युकेको निमन्त्रणामा कलाकारद्वय रविन र रेजिना बुधबार लन्डनको हिथ्रो एयरपोर्टमा आइपुग्नुभएको हो । उहाँहरुलाई अध्यक्ष हेमकुमार, महासचिव गौतम गुरूङ, उपाध्यक्ष टकमाया गुरूङ, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू गणेश गुरूङ, राजकुमार गुरुङ, पूर्वअध्यक्ष कर्ण दर्लामीमगर साथै गोरखालीहरू हिथ्रोमा पुगेर स्वागत गर्नुभएको थियो । कार्यक्रममा नायिका तथा डान्सर लक्ष्मी गुरुङको समेत विशेष प्रस्तुति रहने छ । उहाँ भने केही समयदेखि बेलायतमै हुनुहुन्छ । ।

अध्यक्ष हेमकुमार गुरुङले कार्यक्रममा सहभागी हुने गोरखाली समाज युकेका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरु, ट्रस्टिजहरू, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरू तथा सम्पूर्ण बेलायतवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।

गोरखाली समाज युकेको निमन्त्रणामा बेलायत आइपुग्लानु भएका कलाकारद्वय रविन र रेजिना

प्रतिक्रिया

सम्बन्धित सामाग्री