नेपालका प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा १८८ मत, विपक्षमा ७४ मत खसेको हो । प्रतिनिधिसभामा २६३ जना सांसद उपस्थित थिए । एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद (अमरेशकुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिनुभएको हो ।
माओवादी केन्द्र,रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, लगायतले मत दिएनन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले अध्यक्ष ओली कांग्रेससँग ७ बुँदे सहमति गर्नु हुँदै गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री