अमेरिकावासी अभिनेत्री रन्जिता गुरुङ लगायतको अभिनयमा ‘रोधी घर’


काठमाडौं । गीतकार विकास घले गुरुङको शब्द रचना तथा अमेरिकावासी चर्चित मोडल रन्जिता गुरुङलगायतको अभियनमा‘रोधी घर’गीत सार्वजनिक भएको छ ।

अमेरिकाको पेन्सलभेनियमा आयोजित एक कार्यक्रमकाबीच रेड ओशियन नामक युट्युब च्यानलबाट रोधी घरको म्युजिक भिडियो २० जुलाईमा सार्वनजिक गरिएको हो । म्युजिक भिडियोमा बिकास घले गुरुङ स्वयंले पनि अभिनय गर्नुभएको छ ।

एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा, युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले ‘रोधी घर’ले हराउँदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गर्न विश्वास व्यक्त गर्नुभयो ।

गीतका गीतकार गुरुङले आफू जहाँ रहे पनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि नयाँ गीत बनाएको बताउनुभयो । दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गर्नुभएको छ ।

कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो । स्थानीय कलाकार कार्लईस गुरुङको अलवा आमा समूह र ईन्ट्र फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।

भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गर्नुभएको हो । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री