नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


काठमाडौं । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

सि चेक (मर्मत) गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा बुधबार बिहान ११ बजेतिर सिआरजे २०० जहाज विमानस्थलमा दुर्घटनामा परेको हो । अहिले उद्धार जारी छ ।

जहाजमा चालक दलका सदस्य र इञ्जिनियर मात्र रहेको बुझिएको छ ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री