काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु : नेपाल प्रहरी


काठमाडौं । नेपाल प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।

१९ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू मर्मतको लागि पोखरा जान लाग्दा बुधबार बिहान करिब ११ बजे दुर्घटनामा पर्दा १५ जनाको मृत्यु भएको हो । ४ जनाको उद्धार गरिएकोमा ३ जना टिचिङ र १ जनालाई केएमसी अस्पतालमा उपचार गराइरहेको छ ।

जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको र शवहरू शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइँदै गरिएको प्रहीले जनाएको छ । जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटना भएको हो । दुर्घटनापछि सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरुले आगो निभाउने र उद्धार कार्य गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री