नेपालमा विमान दुर्घटना १८ जनाको मृत्यु भएको पुष्टि [अपडेट]


काठमाडौँ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ ।

बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट मरम्तका लागि पोखरा उडेको विमान लगत्तै दुर्घटना हुँदा १८ जना नेपाली र १ जना यमन नागरिकको ज्यान गएको हो । मृतक प्राय: सौर्य एयरलाइन्सका कर्मचारीहरू हुन् ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहनुभएको थियो । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहनुभएको थियो । आरिफ भने यमनका नागरिक हुन् ।

१५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जनाको त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पाइलट शाक्यको केएमसी हस्पिटल सिनामंगल उपचार भइरहेको छ ।

शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । विमान उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुइँमा बजारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री