पेरिस पारा ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको प्रशिक्षण बेलायतमा

लन्डन । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोली खेलाडीले बेलायतमा प्रशिक्षण गर्ने भएका छन् ।

म्यानचेस्टर सहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा बिहीबार २५ जुलाईदेखि अगस्ट २३ सम्म पारालम्पिक प्रिपेरेसन क्याम्पमा नेपाली खेलाडी सहभागी हुनेछन् । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धन र भरतसिंह महता रहनुभएको छ । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ हुनुहुन्छ ।

प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली बुधबार बेलायततर्फ प्रस्थान गरिसकेको छ । टोलीलाई मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले बिदाइ गर्नुभएको थियो ।

बेलायतमा प्रशिक्षणपछि पेरिस २०२४ पारा ओलम्पिक खेलकुदमा भाग लिन नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ फ्रान्स जाने तालिका छ । के–४४ विधाको पुरुष ५८ केजीमुनि तौल समूह भरतसिंहको अगस्ट २९ अगस्ट र महिला ५७ केजीमुनि पलेशाको अगस्ट ३० मा खेल छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री