बेलायतमा १५ औं नेपाली मेला नजिकिँदै, विभिन्न विधामा प्रतिस्पर्धा

लन्डन । बेलायतमा तमु धीं युकेको आयोजनामा हुने लोकप्रिय नेपाली मेला आजको ठीक एक महिनापछि अर्थात् २५ अगस्ट २०२४ मा हुँदैछ । नेपाली मेलाको यो १५ औं संस्करण हो ।

संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत हुने नेपाली मेला यो वर्ष बैंक होलिडेका दिन रेसकोर्सस्थित केम्पटन पार्कमा सञ्चालन गरिने तमु धीं युकेका उपाध्यक्ष एवं १५ औं नेपाली मेला २०२४ का संयोजक परशु गुरुङले जानकारी दिनुभयो । मेलाको मूल नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’रहेको छ । यसपटक मेला बिहान १० देखि बेलुका ८ बजेसम्म चल्ने छ ।

मेलामा खेलकुद, झाँकी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सम्मान र बधाई लगायत विविध आकर्षक कार्यक्रम समेटिने छन् । संयोजक गुरुङका अनुसार सदाझैं एम्बास्डर कप, एनआरएनए कप, नृत्य, झाँकी प्रदर्शन हुनेछन् । जसका लागि आकर्षक नगद तथा अन्य पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस्ता छन् मेलाका विशेषताहरु
१. रेस्टुरेन्ट स्टलहरु
२. ब्रान्डेड कपडाहरुको स्टलहरु
३. गरगहना तथा शृंगारका स्टलहरु
४. विभिन्न प्रकारका सेवा सुविधा तथा विज्ञापन स्टलहरु
५. भाग्योदय चिट्टा (२ जनालाई)
६. विभिन्न समुदायका रीतिरिवाजमा आधारित झाँकी तथा नाच प्रस्तुत ।
७. प्रस्तुतिमा एम्बासडर तथा एनआरएनए कपको लागि प्रतिस्पर्धा
८. दुवै विधा (झाँकी र नृत्य) मा छुट्टाछुट्टै उत्कृष्ट हुने संस्थाहरुलाई उचित नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने ।
९. दुवै विधाको प्राप्तांक जोडेर उच्चांक प्राप्त गर्ने संस्थालाई यस वर्षको एम्बासडर कप तथा एनआरएनए कप विजेता घोषित गरी नगद पुरस्कार, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने ।
१०. झाँकी र नृत्यमा सन्तोषजनक प्रस्तुति गर्ने क्रमश: ३ र २ संस्थाहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिने ।
११. तमु धीं यूकेको अध्यक्षको अवलोकनमा राम्रो प्रस्तुति गर्ने कुनै एक संस्थालाई “President Choice” नामले घोषणा गरिने उचित नगद पुरस्कार प्रदान गरिने ।

यस्ता छन् पुरस्कार
एम्बासडर कप विजेता ११००/
फस्ट रनरअप ७००/
सेकेन्ड रनरअप ५००/

एनआरएनए कप ३००/

झाँकी विजेता – ५००/ पाउन्ड
झाँकी फस्ट रनरअप – ३००/पाउन्ड
झाँकी सेकेन्ड रनरअप – २००/पाउन्ड
प्रत्येक ३ समुदायका प्रस्तुतिलाई सान्त्वना पुरस्कार – २००/ पाउण्ड = ६००/पाउन्ड

नृत्य विजेता ५००/
नृत्य फस्ट रनरअप ३००/
नृत्य सेकेन्ड रनरअप २००/
प्रत्येक २ समुदायका प्रस्तुतिलाई सान्त्वना पुरस्कार – २००/ पाउण्ड = ४००/पाउन्ड

प्रेसिडेन्स च्वाइस ५००/

मेलामा बेलायतमा सक्रिय संघ, संस्थाले सहभागिता जनाउँछन् । नेपाली राजदूतावास लन्डन तथा तमु धीं युकेको सहकार्यमा हुने मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल, च्यारिटीलगायत स्टल राख्ने गरिएको छ । संयोजक गुरुङले मेला तयारी जारी रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री