नेपालमा १ अर्ब ४९ करोड लगानी गर्ने बेलायतको प्रतिबद्धता, कुन मुलुकबाट कति ?

लन्डन । संयुक्त अधिराज्य (बेलायत) ले नेपालमा १ अर्ब ४९ करोड ९ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

गत आर्थिक वर्षमा बेलायतले उक्त रकम बराबर प्रत्यक्ष लगानीको प्रतिबता जनाएको नेपालको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ५२ मुलुकबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको थियो । जसमध्ये धेरै लगानीको प्रतिबद्धताको सूचीको क्रमसंख्यामा बेलायत ७ नम्बरमा परेको छ ।

सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कममा टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्ता, आयरल्याण्डलगायत २१ मुलुकबाट प्रति मुलुक २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । आर्थिक वर्ष ०७१/०७२ मा लगानी प्रतिबद्धता भए पनि उक्त वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको छ । गत आर्थिक वर्षको ११ महिनामा ८ अर्ब २२ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

नेपालमा गत वैशाखमा तेस्रो लगानी सम्मेलन भएकै कारण प्रतिबद्धता बढेको हुन सक्ने विभागका निर्देशक शंकरसिंह धामीको भनाइ छ ।

हेर्नुहोस् केही मुलुकका विवरण

प्रतिक्रिया

सम्बन्धित सामाग्री