नेपालको पहिलो महिला मुख्यसचिव बन्नुभयो लीलादेवी

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव लीलादेवी गडतौला बन्नु भएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले लीलादेवीलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।

यसअघि उहाँलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बन्नु भएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री