चितवन एड ट्रस्ट युकेको आइतबार च्यारिटी नाइट, तयारी अन्तिम चरणमा

लन्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले गरिब तथा जेहेनदार विद्यार्थीका लागि अक्षय कोष बढाउन आइतबार आयोजना गर्ने च्यारिटी नाइटको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली मौलिक सांस्कृतिक कार्यक्रम र ‘फायर वक’ सहित हुन लागेको च्यारिटी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।

६० लाख रुपैयाँको अक्षय कोषलाई एक करोड पुर्‍याउने लक्ष्य च्यारिटी नाइटको छ । कार्यक्रम ह्यारोस्थित ब्ल्यू रुम स्पोर्ट्समा हुने छ ।सांस्कृतिक प्रस्तुतिका लागि चर्चित लोक तथा दोहोरी गायक मिलन लामा शुक्रबार बेलुकी युके आइपुग्नुहुनेछ ।

गायक राजन गुरुङ, तिलक गुरुङ, बसन्त लम्साल, नृत्यांगना अस्मिता रानामगर लगायतले पनि सांगीतिक कोसेली पस्कने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री