बेलायतको म्यानचेस्टरमा थाले नेपाली पारा तेक्वान्दो खेलाडीले प्रशिक्षण

लन्डन । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोली खेलाडीले बेलायतमा प्रशिक्षण सुरु गरेका छन् ।

म्यानचेस्टर सहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा बिहीबार २५ जुलाईदेखि पारा ओलम्पिक प्रिपेरेसन क्याम्पमा नेपाली खेलाडी पलेशा गोवर्धन र भरतसिंह महताले तालिम लिन सुरु गर्नुभएको हो ।

नेपाली टोलीले बेलायतमा मुख्य प्रशिक्षक एन्ड्रयू डियरबाट प्रशिक्षण लिँदै गरेकोलनेपाली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

अगस्ट २३ सम्म हुने प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली बिहीबार बेलायत आइपुगेको हो । बेलायतमा प्रशिक्षणपछि पेरिस २०२४ पारा ओलम्पिक खेलकुदमा भाग लिन नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ मा फ्रान्स जाने तालिका छ ।

के–४४ विधाको पुरुष ५८ केजीमुनि तौल समूह भरतसिंहको अगस्ट २९ अगस्ट र महिला ५७ केजीमुनि पलेशाको अगस्ट ३० मा खेल छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री