चितवन एड ट्रष्ट यूकेको फायर वाकसहित च्यारिटी कार्यक्रम सम्पन्न, १५ हजार पाउन्ड संकलन भएको अध्यक्षक‍ो भनाइ

लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले जिल्लाका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कोष अभिवृद्धिका निम्ति आयोजित च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

२८ जुलाई साँझ ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा फायर वाक (आगोमा हिंड्ने) सहित र सांस्कृतिक कार्यक्रमसहित  च्यारिटी भएको हो । फायर वाकमा सय जनाभन्दा बढीले उत्साहजनक सहभागिता जनाएको कार्यक्रम संयोजक कृष्ण गुरूङले जानकारी  दिनुभयो । सहभागीलाई संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको छ ।

उक्त च्यारिटीबाट १५ हजार पाउण्ड संकलन भएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । संकलित रकमबाट खर्च कटाएर बांकी नेपाल पठाइने क्याट यूके अध्यक्ष तिवारीले जनाउनुभयो । उहाँले कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने समस्त दाता र अतिथीहरुप्रति आभार समेत व्यक्त गर्नुभय‍ो ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले मन्तव्य व्यक्त गर्दै क्याट यूकेको सामाजिक कार्य प्रशंसनीय रहेको जनाउनुभयो ।

कार्यक्रम संयोजक कृष्ण गुरुङले फायर वाक यूके कम्पनीको सहकार्यमा इभेन्ट भएको र यो सशक्तिकरण, सकारात्मक सोच, आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने सवालमा महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा संस्थाले आफ्ना संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र संस्थापक महासचिव लोक गुरुङ एवं काउन्सिलर धनबहादुर सार्की र इनास यूके अध्यक्ष सञ्जय कंडेललाई विशेष सम्मान गर्यो ।

कार्यक्रममा नेपालबाट आएका गायक गायिकाहरु मिलन लामा, राजन गुरुङ, तिलक गुुुरुङ, सुशीला गौतम र वसन्त लम्सालले गायन प्रस्तुत गर्नुभएको थियो भने अस्मिता राना मगर, हेबिना सेढाईं, स्मारिका न्यौपाने, बिनु लामिछाने, रेश्मा मैनाली, सुरक्षा पंगेनी, मन्जु शाह लगायतले आकर्षक नृत्य देखाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री