बेलायतमा छुरा आक्रमण घटना : इङ्ल्याण्डको अर्को सहरमा हुलदङ्गा, ८ जना पक्राउ


लन्डन । यस हप्ताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई उत्तरपूर्वी इङ्ल्याण्डको सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।

घन्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरिक्षक हेलेना ब्यारनले बताउनुभयो । बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्याण्डको सिटी सेन्टरमा सयौंको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ । “पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरु पत्ता लगाउन अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताउनुभयो । “उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्”, कुपरले भन्नुभयो ।

यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो । प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री