गुल्मी जिल्ला समाज युकेको सकियो वार्षिक भेला

लन्डन । मौलिक सांस्कृतिक प्रस्तुतिसहित गुल्मी जिल्ला समाज युकेको वार्षिक भेला सम्पन्न भएको छ ।

यो १६ औं संस्करणको गुल्मेली भेला हो । लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा आइतबार समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल रहनुभएको थियो ।

विशेष अतिथि लन्डन ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वसांसद डा सूर्य पाठक, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, कार्यक्रमको टाइटल स्पोन्सर सुरेश केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

समाजका अध्यक्ष रुद्र थापाले आफ्नो मन्तव्यमा कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहयोगी, सहभागी तथा अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

भेलामा नेपालबाट आएका राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसँगै प्रथम नौमति बाजा गुल्मी युकेको प्रस्तुति, मौलिक गुल्मेली झ्याउरे, भजन, तीजगीतसहितका विविध कार्यक्रममा सहभागीले मनोरञ्जन लिए ।

कार्यक्रममा लोकदोहोरी कलाकारहरु सुशिला गौतम, दीपक घर्तीमगर, रेनुका भट्टराई, दिलु सलामीलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै, दीपक माइथाने, अञ्जना सापकोटा, गोमा सापकोटा, पवित्रा सापकोटा, महिमा कंडेल, गरिमा सारु, प्रिसा खत्रीसहितका स्थानीय कलाकारले पनि आकर्षक नृत्य देखाउनुभयो ।

सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी सांस्कृतिक सचिव माया केसीले गर्नुभएको थियो । सोही अवसरमा माया केसी र अर्जुन बस्नेतको संयोजनमा सुनका गरगहनालगायतका आकर्षक पुरस्कारसहितको ‘राफल ड्र’ पनि गराइएको थियो ।

कार्यक्रममा बेलायतभरबाट भेला भएका गुल्मेलीसहित १२ सय भन्दा बढीको सहभागिता रह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री