बेलायतमा हुलदंगा चलिरहेको स्थानमा नजान नेपालीलाई दूतावासको आग्रह [सूचनासहित]


लन्डन । नेपाली दूतावास लन्डनले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन, हुलदंगा चलिरहेको भन्दै त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन नेपालीहरूलाई आग्रह गरेको छ ।

दूतावासले मंगलबार सूचना प्रकाशित गर्दै प्रदर्शन, हुलदंगा चलिरहेको स्थानमा नजान बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकहरुलाई आग्रह गरेको हो ।

नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउनसमेत दूतावासको अनुरोध छ । ‘यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ सूचनामा लेखिएको छ ।

बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्नसमेत अनुरोध गर्दै दूतावासले आपतकालीन अवस्थामा राजदूतावासलाई सम्पर्क गर्न सकिनेसमेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री