तमु समाज युकेको शनिबार ‘म्युजिकल नाइट’ कार्यक्रम

लन्डन । तमु समाज युकेको यही अगस्ट १० शनिबार सदस्यहरुको स्वागत र ‘म्युजिकल नाइट’ कार्यक्रम हुँदैछ । चर्चित लोक तथा दोहोरी गायक राजन गुरुङ र रेनुका भट्टराईको प्रस्तुतिसहित कार्यक्रम हुन लागेको तमु समाज युकेले जनाएको छ ।

कार्यक्रम वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा हुनेछ । कार्यक्रम बेलुकी ५ बजे सुरु हुने जनाइएको छ ।

तमु समाज युकेमा अहिले विन्दु घले गुरुङ अध्यक्ष हुनुहुन्छ । विन्दु घले गुरुङको कार्यसमिति गत जुन १५ मा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशनले चयन गरेको हो ।

कार्यसमितिमा अन्य पदाधिकारी तथा सदस्य गरी २१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री