बेलायतमा जीआरएनसीले ताईची र नेचर वाक गराउँदै

लन्डन । बेलायतमा ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ताइची र नेचर वाक गराउँदैछ ।

प्रत्येक शनिबार र मंगलबार बिहान ८ देखि १० बजेसम्म मूरपार्क, फार्नबोरोमा तथा आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डरसटमा सोही समयमा ताईची र आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाक (जंगलमा हिँड्ने) कार्यक्रम आयोजना गरिएको जीआरएनसीका अध्यक्ष मान गुरुङले जानकारी दिनुभयो ।

ताईची प्रशिक्षक गुरुङ भन्नु हुन्छ, ‘ताईचीले तन, मनलाई तन्दुरुस्त र बलियो बनाउन मद्दत गर्दछ ।’ उहाँ १२ वर्षदेखि युनिओन अफ ग्रेट ब्रिटेनको ताईची प्रशिक्षक सदस्य हुनुहुन्छ ।

त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा मास्टर कोच एन्ड आकाश हिलर इन्द्र गुरुङ, राजी श्रेष्ठ र मान गुरुङले नेचर वाक गराउनुहुनेछ । अध्यक्ष गुरुङले जंगलमा हिँड्नाले पन्च तत्वसँग मिलन हुने बताउनुभयो । नेचर वाकका क्रममा ध्यान गर्ने, जंगलमै नुहाउने, मानिसको नचाहिने इमोसनलाई तरिका लगायत सिकाइनेछ ।

१८ अगस्टको नेचर वाकका लागि अल्डरसटस्थित क्विन्स एभिन्यूको कारपार्कमा भेट्ने तालिका रहेको छ । नेचर वाकमा सहभागीले शुल्क तिर्ने पर्नै छैन । खाना र पिय पदार्थसमेत आयोजकले दिने जीआरएनसीका महासचिव सुशीला मगरले जानकारी दिनुभयो । eventbrite.co.uk मा लगइन गरेर सहभागीले दर्ता गर्न सकिने छ ।

उक्त प्रशिक्षण तथा कार्यक्रमका लागि नेसनल लोटरी फन्डको सहयोग हुने आयोजकले छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री