बेलायतको आयरल्याण्डमा भएको झडपमा १० प्रहरी घाइते, घटनामा संलग्न १ पक्राउ

लन्डन । बेलायतको लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको उत्तरी आयरल्याण्डको प्रहरीले जनाएको छ ।

हिंसाका कारण प्रहरी अधिकारीहरु घाइते भएको डेरी सिटी र स्ट्राबेनका प्रहरी सुपरिटेन्डेन्ट विलियम काल्डरवुडले बताउनुभयो । उहाँले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जनाउनुभयो ।

बेलायतप्रति वफादार समूहले सहरमा जुलुश निकालेपछि भएको झडपमा ५० जनाभन्दा बढी युवाहरू सामेल थिए र यो केही घण्टासम्म चलेको थियो । आयरल्याण्ड गणतन्त्रको सीमा नजिकै रहेको क्याथोलिक बहुल शहर हुँदै वार्षिक प्रोटेस्टेन्टको प्रदर्शन र परेड कुनै पनि घटना बिना नै सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री