काजाब्लांका क्यासेल्लो । तीसौँ विश्व आदिवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरकृया गरी मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास ब्रसेल्सका उपनियोग प्रमुख रमेश गैरे रहनु भएका थियो । प्रमुख अतिथि गैरेले कार्यक्रमको पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दे संयुक्त राष्ट्र संघले विश्वभर नै आदिवासीहरूको कला सँस्कृति, भाषा, धर्मको संरक्षण गर्दै जान निर्देश गरेकाले सोको सबैले पालना गर्दे रहेको बताउनु भयो ।
गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटाले विशिष्ठ अतिथिको रूपमा बोल्दै ३० वर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिवासीका हक हित र अधिकार प्राप्तिका लागि नेपालको सन्दर्भमा सरकारलाई सजग बनाई रहनु पर्ने बताउनु भयो ।
नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा भएको सो कार्यक्रम अध्यक्ष वीरमान मगरको सभापतित्वमा भएको थियो भने सन्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका थिए ।
अध्यक्ष मगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिसन्न्धी आईएलओ १६९ र संयुक्त राष्ट्र संघको आदिवासी घोणापत्र २००७ को अक्षरस पालना गर्न सरकारलाई माग गर्नु भयो ।
कार्यक्रम सहआयोजक सॅस्थाहरू विश्व मगर संघ बेल्जियम, तमु समाज बेल्जियम, पाशा पुच बेल्जियम, तामांग समाज बेल्जियम, शेर्पा किदुक बेल्जियम, किरात राई सोसाईटी बेल्जियम,किरात याक्थुम चुम्लुङ बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।
कार्यक्रममा जातिय संस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग, लोक राना,बदन योंगहांग, अनिता लामा, सूर्य नारायण श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संघीय समाज बेल्जियमका नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, जन सम्पर्क समिति बेल्जियमका प्रतिनिधि, जनप्रगतिशील मन्चका महासचिब कल्पना मग , प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ, विश्व मगर संघका पूर्व अध्यक्ष मार्के मगर, तमु समाजका पूर्व अध्यक्षहरू ओमराज गुरूंग, संगीता तमुस्यो, किराचु महासचिव कला इधिंगो, तमु समाज निवर्तमान महासचिव सूर्य बहादुर गुरुङ लगायतले मन्तब्य दिनु भएको थियो ।
कार्यक्रमका प्रायोजकहरू नेत्र मगर, याम छन्त्याल,कल्पना मगर, लोक राना, बाल कुमार सुब्बा लगायतलाई महासंघले धन्यबाद दिएको थियो ।